‘सही व्यक्तिको छनोट नहुँदा देश बन्न सकेन’ मन्त्री घिसिङ

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले देश विकासका लागि विचारभन्दा नेतृत्व महत्वपूर्ण कुरा भएको बताएका छन् । उज्यालो नेपाल पार्टी घोषणा सभाका प्रमुख अतिथि उनले २००७ सालयताको ७५ वर्षमा अनेकपटक विचार र प्रणालीहरू परिवर्तन भए पनि देशमा आर्थिक विकास हुन नसकेको चर्चा गर्दै उनले सही व्यक्तिको छनोट नहुँदा देश बन्न नसकेको बताए ।

‘हामीले ७५ वर्षमा धेरै राजनीतिक परिवर्तन हेर्‍यौं । तर, आर्थिक क्रान्तिमा असफल बन्नुभयो,’ उनले भने । राजनीतिमा ठूलठूलो भाषण गर्न सक्ने व्यक्ति विकासको नेतृत्व गर्न असफल भएको उनले बताए ।

‘२००७ सालमा नेपालमा राजनीतिक परिवर्तन आयो । भारत र चीनमा पनि ठूला राजनीतिक परिवर्तन आए । ७५ वर्षमा चीनले आफ्नो जीडीपीको ३५० गुणा र भारतले १५० गुणा वृद्धि गरिसकेको छ,’ नेपालले ७५ वर्षमा ७५ गुणा मात्र वृद्धि गर्न सक्यो । यहीँनेर हामी चुक्यौं उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here