काठमाडौं । सुदूरपश्चिमले राेयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर वान खेल्ने पक्का गरेको छ ।
लिग चरणमा लगातार ६ खेल जित्दै १२ अंक जोडेको सुदूरपश्चिमले शीर्ष दुईमा रहने पक्का गरेपछि पहिलो क्वालिफायर खेल्ने भएको हो ।
चितवनको भने यो चौथो हार हो । ६ खेलबाट ४ अंक रहेको चितवन छैटौं स्थानमा छ ।
सुदूरपश्चिमसँग चितवन हारेपछि तेस्रो स्थानमा रहेको विराटनगर किंग्स पनि लिगको एक खेल अगावै बिहीबार प्लेअफ पुगेको छ । विराटनगरले ६ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा छ ।
यता लुम्बिनीले शुक्रबार जनकपुरलाई पराजित गरेमा प्लेअफ पुग्नेछ ।
सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमा अलआउट भयो ।



























