काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई हिन्दु धर्मावलम्बीहरूको धार्मिक ग्रन्थ गीता उपहार दिएका छन् ।
दुईदिने भारत भ्रमणमा नयाँदिल्लीमा रहेका पुटिनलाई मोदीले बिहीबार उपहार स्वरूप रूसी भाषामा लेखिएको धार्मिक ग्रन्थ गीता दिएका हुन् ।
मोदीले एक्समा लेखेका छन्, ‘राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको एकप्रति दिएको छु । गीताको शिक्षाले संसारभरका लाखौं मानिसहरूलाई प्रेरणा दिनेछ ।’
रूसका राष्ट्रपति पुटिन बिहीबार दुई दिवसीय भारत यात्राका क्रममा नयाँ दिल्ली पुगेका थिए ।



























