काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य तोलामा ९०० र चाँदी ७० रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ५२ हजार ४०० कायम भएको छ । बिहीबार सुन २ लाख ५३ हजार ३०० रुपैयाँमा किनबेच भएको थियाे।
आज चाँदी ७० रुपैयाँले घटेर तोलाको ३ हजार ५५५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ६२५ रुपैयाँमा किनबेच भएको थियो।
























