चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनाग्रस्त

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन्।

शनिबार चार वटा बस, दुइटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन्।

भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

अहिले दुर्घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेको छ। दुर्घटनापछि सडकमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ। घटनाबारे थप जानकारी आइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here