आज फेरी राष्ट्र बैंकले ९० अर्ब झिक्दै

काठमाडौं । राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ । वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि आज निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ८४ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here