गोवाकाे नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु

काठमाडौं । भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ। शनिबार राति करिब १२ बजे अरपोरा क्षेत्रमा भएको विष्फोटपछि नाइट क्लबमा आगलागी भएको थियो ।

घटनामा कतिपयको जलेर र कतिपयको धुवाँमा निसास्एिर मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

गोवा सरकारले घटनाको जाँच गर्न र दोषीलाई कारबाही गर्न अधिकारीहरुलाई निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here