सेयर बजारका सबै सूचकमा गिरावट

२१ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २३.५० अंक घटेको छ । नेप्से २६०७ अंकमा पुगेर बन्द भएको हाे।

आज ४६ कम्पनीको मूल्य बढ्दा २०४ को घट्यो भने ८ को स्थिर रहेकाे छ। आज कारोबार रकम १० करोड बढेको छ । अघिल्लो दिन ५ अर्ब २३ करोडको कारोबार भएकोमा पनि ५ अर्ब ३३ करोडको भएकाे छ ।

आइतबार बैंकिङ ०.६०, विकास बैंक ०.९३, फाइनान्स १.००, होटल तथा पर्यटन १.२०, जलविद्युत् १.२२, लगानी ०.८९, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९३, अन्य ०.१२ तथा व्यापार १.२१ प्रतिशत घटेका छन्।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक र झापा इनर्जी छन् । त्यस्तै मेन्छियाम हाइड्रोपावरको ५.३७, एसियन हाइड्रोपावरको २.६७ प्रतिशत मूल्य बढेकाे छ। यता सागर डिस्टिलरीकाे मूल्य ६.९० प्रतिशत घटेको छ । त्यस्तै बुङ्गल हाइड्रोपावरको ८.५१, माबिलुङ इनर्जीको ६.९८ तथा मिथिला लघुवित्तको ५.९० प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा सागर डिस्टिलरी, ङादी ग्रुप, बन्दीपुर केबुलकार, युनाइटेड मोदी हाइड्रोपावर र हिमालयन रिइन्स्योरेन्स छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here