काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा ५ पूर्वमन्त्री र ८ जना पूर्वसचिवसहित ५६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्न लागेको छ।
भ्रष्टाचार मुद्दा दर्ता हुन लागेका पूर्वमन्त्रीमा पोष्टबहादुर बोगटी, डा. रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ र दिपक अमात्य छन्। अहिले यो मुद्दा विशेष अदालतमा दर्ता हुने प्रक्रियामा छ। विशेष अदालतको स्रोतले जानकारी दिए।
यीमध्ये पूर्वमन्त्री बोगटीको मृत्यु भइसकेको छ । त्यस्तै डा. महत अल्जाइमर रोग लागेर विस्मृतिमा गएका छन्।




















