२३ मंसिर, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँ ताेकिएकाे हाे। अघिल्लो दिन २ लाख ५२ हजार ९ सय रुपैयाँमा काराेवार भएको थियो ।
सुनको भाउ सामान्य घटे पनि आज चाँदी भने बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हाे । यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।



















