काठमाडौं । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको हो । ओपनर विनोद भण्डारीले अर्धशतक बनाएका छन्। भण्डारीले ५२ बलमा ६३ रन बनाएर अर्धशतक पूरा गरेका हुन्।


























