शेयर बजारमा सुधार, नेप्से १ अंकले बढ्दा १९ करोडको कारोबार

काठमाडौं, १८ कात्तिक । साताको पहिलो दिन ओरालो लागेको शेयर बजारमा सोमवार भने केही सुधार देखिएको छ ।

सोमवार नेप्से परिसूचक ०.९७ अंकले बढेर १ हजार १ सय ४०.२६ अंकमा पुगेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा ०.०९ प्रतिशत बढी हो ।

सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटीभ इन्डेक्समा पनि केही सुधार देखिएको छ । सेन्सेटीभ इन्डेक्स ०.०४ अंकले बढेर २ सय ५०.५१ अंकमा पुगेको छ ।

सोमवार कारोबारमा आएका मध्ये अन्य, बैकिङ्ग, फाइनान्स र विकास बैंक बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै जलविद्युत समुहको सूचक बढ्यो । जलविद्युतको सूचक १.८५ अंकले बढ्यो भने अन्य कम्पनीको सामान्य अंकले बढ्यो ।

सोमवार १ सय ६३ कम्पनीको ७ लाख ५९ हजार ७ सय १२ कित्ता शेयर किनबेच हुँदा १९ करोड १८ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । ग्लोबल आईएमई लघुवित्तको शेयर मूल्य ९.९३ प्रतिशतले बढ्यो ।

त्यस्तै, चिलीमे जलविद्युत कम्पनीको ६.२४ प्रतिशत, निरुढी लघुवित्त विकास बैंकको ५.६९ प्रतिशत बढ्यो भने अन्यय समेहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा जोशी जलविद्युत विकास कम्पनीका शेयर धनी रहेका छन् । जोशी जलविद्युतको शेयर मूल्य ४.८३ प्रतिशतले घट्यो । त्यस्तै, गँरास फाइनान्सको ४.८४ प्रतिशत घट्यो भने अन्य कम्पनीको सामान्य अंकले घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार गर्नेमा नबील बैंक रहेको छ । बैंकले १ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here