काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री, यस्तो रहने छ आजको मौसम

काठमाडौँ, २४ मङ्सिर । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने बताएको छ । काठमाडौँ उपत्यका आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here