स्वास्थ्य मन्त्रालयकाे सेवा अब सिंहदरबारबाट

२४ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गरेर रामशाहपथमा रहेको भवनबाट प्रवाह हुँदै आएका मूलभूत सेवाहरू सिंहदरबारबाट सुरु गरेको जानकारी दिएको हो ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा रामशाहपथस्थित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट प्रवाह हुँदै आएका मूलभूत सेवाहरू मिति २०८२।०८।२३ गतेदेखि सिंहदरबारबाट सञ्चालन गरिएको बेहोरा अनुरोध छ,’ सूचनामा उल्लेख छ ।

मन्त्रालयले केही महाशाखा/शाखा/एकाइबाट प्रवाह हुँदै आएका सेवाहरू साबिककै स्थानबाट निरन्तर प्रवाह भइराखेका र आवश्यक स्थानको प्रबन्ध गरी सम्पूर्ण सेवाहरू सिंहदरबारबाट क्रमश: प्रवाह गरिने पनि जनाएको छ ।

रामशाहपथ स्थित स्वास्थ्य मन्त्रालयको भवनमा गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आगजनी भएपछि मन्त्रालयको सेवा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट प्रवाह गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here