काठमाडौं । बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ। आज चाँदी प्रतितोला ३ हजार ७५० रुपैयाँ पुगेको हाे ।
अघिल्लो दिन चाँदि प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत बुधबार चाँदीको भाउले ३ हजार ६५५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो ।
त्यस्तै आज सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार २ लाख ५२ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।




















