कार्यभार सम्हाल्दै शाक्यले भने ‘बाँकी कार्यकाल अझ बढी मिहिनेतको साथ काम गर्छु’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुधबार प्राधिकरणमा कार्यभार सम्हालेका छन्। उनले साे अबसरमा आफ्नो बाँकी कार्यकाल अझ बढी मिहिनेतको साथ काम गर्ने
बताए ।

उनले भने ‘नेपाल सरकारको नीति निर्देशन अनुसार काम गर्छु।
प्राधिकरणको आफ्नै अग्रसरतामा विद्युत आयोजना निर्माण गर्ने।
गुणस्तरिय भरपर्दो र निरन्तर विद्युत आपूर्तिको लागि ने बि प्राको प्रणाली सुधारमा अधिकतम ध्यान दिएर काम अगाडि बढाउछु ।’

कार्यकारी निर्देशक शाक्यले एमडि भएकोले घर जले र पिडामा परे पनि अब त्यहि पिडामा नबस्ने बताए । उनले थपे ‘म काममा अगाडि बढे मुलुकको हितमा अधिकतम काम गर्छु ।’

सर्वोच्च अदालतको परमादेशमार्फत कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका उनले प्राधिकरणमा उत्कृष्ट नतिजा दिने गरी काम प्रतिबद्धता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here