भन्सार एजेन्ट महासंघले लियाे पेन डाउन कार्यकम फिर्ता

काठमाडौं । भन्सार एजेन्ट महासंघले पेन डाउन कार्यकम फिर्ता लिएको छ। भन्सार विभाग र महासंघविच छलफल भई सकारात्मक रुपमा महासंघका माग सम्बोधन भएकोले पेन डाउन कार्यकम फिर्ता लिएकाे हाे।

भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरुले भन्सार एजेन्टहरुको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुऱ्याउने वातावरण सृजना भएको हुँदा विरोध स्वरूप भन्सार एजेन्ट महासंघ नेपालद्वारा मिति २०८२ मंसिर २३ गते देखी देशभरका भन्सार कार्यालयहरुमा पेन डाउन गरिएको थियाे।

महासंघले पेन डाउन कार्यकम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा ऐक्यबद्धता जनाई सहयोग गर्ने सम्पूर्ण उद्योगि व्यवसायीक संघ संस्था लगायत महासंघमा आवद्ध भन्सार एजेन्ट संघ तथा भन्सार एजेन्टहरु प्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here