सेयर बजारमा ७.८६ अंककाे गिरावट

२४ मंसिर, काठमाडौं । बुधबार सेयर बजार ७.८६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६०६ अंकमा पुगेर बजार बन्द भएको हाे। आज कारोबार रकम पनि सामान्य घटेको छ ।

अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७३ करोडको भयो । बुधबार ७९ कम्पनीको मूल्य बढ्दा १६९ को घट्यो, ९ को स्थिर रहेका छन्।

सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ ०.०५, विकास बैंक ०.२९, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.१३, हाइड्रोपावर ०.६६, लगानी ०.३२, जीवन बीमा ०.२१, उत्पादन तथा प्रशोधन ०.४२, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.३५, अन्य ०.३९ तथा व्यापार ०.०२ प्रतिशत घटे ।

आज तीन कम्पनीको मूल्य १० प्रतिशत बढेका छन्। १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल छन् । एसवाई प्यानल आजैदेखि कारोबारमा आएको हो । त्यस्तै लक्ष्मी लघुवित्तको ८.७६, थ्रीस्टार हाइड्रोपावरको ७.१४ प्रतिशत मूल्य बढ्यो ।

यता झापा इनर्जीको मूल्य सबैभन्दा धेरै ९.३० प्रतिशत घटेकाे छ। हिमस्टार ऊर्जा कम्पनीको ५.०५, सुपर मादी हाइड्रोपावरको ४.५९ तथा माबिलुङ इनर्जीको ४.४९ प्रतिशत मूल्य घटेका छन्।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा श्रीनगर एग्रिटेक, ङादी ग्रुप, युनिभर्सल पावर, सागर डिस्टिलरी र हिमालयन रिइन्स्योरेन्स छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here