काठमाडौं । लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई पराजित गरेर नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
बुधबार भएको एलिमिनेटर खेलमा लुम्बिनीले काठमान्डुलाई ४ विकेटले पराजित गरेको हो ।
काठमान्डुले ११२ रनको लक्ष्य दिएकाेमा लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । अब फाइनल प्रवेशका लागि लुम्बिनीले दाेश्रो क्वालिफायरमा बिहीबार विराटनगर किंग्ससँग खेल्नेछ ।
विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्ससँग ७७ रनले पराजित भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रनमा अलआउट भएको थियो ।























