काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ५ मा ५ जनाको नाम सिफारिस भएको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार हुन प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य प्रदीप पौडेल, रजनी थापा, भैरव सापकोटा, जनकराज श्रेष्ठ र सरिन घिमिरे शर्माको नाम सिफारिस भएको हो।
प्रवक्ता महतको नाम नुवाकोट १ बाट पनि सिफारिस हुने बताइएको छ।
२०७९ को चुनावमा काठमाडौं ५ बाट प्रदीप पौडेल निर्वाचित भएका थिए। त्यस्तै रजनी २०७९ को स्थानीय तह चुनावमा टोखा नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । सरिन महासमिति सदस्य हुन्। यस्तै समानुपातिकतर्फ श्रीविनोद भट्टराई, रमा गुरागाईं, कृष्णकुमारी बस्नेत, अकला गुरूङ, कृष्ण थापा मगर, राजेन्द्रमान जोशी र निरविक्रम शाहको नाम सिफारिस भएको छ।























