२५ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १.६६ अंक घटेको छ । सो कमीपछि नेप्से २६०७ अंकमा कायम भएको छ ।
आज कारोबार रकम पनि घटेकाे छ । अघिल्लो दिन ३ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडको भएकाे हाे।
९८ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ११ को स्थिर रह्यो ।आज बैंकिङ ०.१५, जीवन बीमा ०.१८, उत्पादन तथा प्रशोधन ०.९२, माइक्रोफाइनान्स ०.०९ तथा व्यापार ०.०७ प्रतिशत बढेका छन्।
त्यस्तै विकास बैंक ०.१९, फाइनान्स ०.६५, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.३६, लगानी ०.२९, निर्जीवन बीमा ०.१६ र अन्य समूह ०.६३ प्रतिशत घटे ।
दुई कम्पनी स्वस्तिक लघुवित्त र एसवाई प्यानल को मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै श्रीनगर एग्रिटेकको ५.९९, मोलुङ हाइड्रोपावरको ३.९१ प्रतिशत मूल्य बढ्यो ।
मुक्तिनाथ कृषि कम्पनीको मूल्य सबैभन्दा धेरै ८.४२ प्रतिशत घट्यो । त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ४.७१, माथिल्लो मैलुङखोलाको ४.१० तथा इङवा हाइड्रोपावरको ३.०२ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, श्रीनगर एग्रिटेक, सागर डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट छन् ।























