काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स फाइनलमा पुगेकाे छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले सुदूरपश्चिमसँग उपाधिका लागि भिड्ने भएको हाे।
बिहीबार लुम्बिनीले १३५ रनको लक्ष्य दिएकाेमा विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भएको हाे।























