पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं। पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।

निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो ।मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको छ। दुर्घटनाबारे थप अनुशन्धान हुँदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here