सबिता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनलकाे साधारण सदस्यबाट निलम्बन

२८ मंसिर, काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधीवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ ।

उनी सार्वजनिक पदमा पुगेकाे र विवादमा पनि जोडिएपछि ट्रान्सपरेन्सीको कार्यसमितिले उक्त निर्णय गरेको हो ।बरिष्ठ अधिवक्ता समेत रहेकी सविता भण्डारी बराल उक्त संस्थामा साधारण सदस्य छन् ।

विश्वव्यापी रुपमा भ्रष्टाचारको अनुगमन गर्ने र भ्रष्टाचार विरुद्ध वकालत गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्चरको रुपमा टीआई नेपाल सक्रिय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here