ओलीलाई ईश्वर पोखरेलकाे सुझाव’अभिभावक भएर बस्नुस्, नेतृत्व हामीलाई दिनुस’

२८ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अभिभावक भएर बस्न सुझाव दिएका छन् ।महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले यस्ताे सुझाव दिएका हुन्।

११ वर्ष पार्टी अध्यक्ष र ६ वर्ष प्रधानमन्त्री भइसकेकोले उनले गर्नुपर्ने नयाँ काम केही बाँकी नरहेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

उनले भने, ‘अब कमरेड ओलीले यो पार्टीको अभिभावक हुनपर्छ भन्ने ठान्छु । आम रूपमा त्यही परिस्थिति छ‘अब नेतृत्वको जिम्मा हामीलाई दिनुस् भन्न चाहन्छु ।’

उपाध्यक्ष पोखरेलले यो महाधिवेशनले एकताको महाधिवशेन हो भनेर सन्देश दिनु पर्ने बताए ।

उनले पार्टी सञ्चालनबारे हामिले पुनर्विचार गर्नु किन नपर्ने भनेर प्रश्न गरे उनले थपे ‘वाह्य षडयन्त्रलाई जिम्मा लगायो हाम्रो कार्यभार सकियो, ५औँ महाधिवेशनपछि किन पार्टी फुट्यो छलफल भएन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here