सामसुङले ल्यायो ‘पावर अफ टेन’ अफर

काठमाडौं । सामसुङ कम्पनीले ‘पावर अफ टेन’ नामक अफर बजारमा ल्याएको छ। सामसुङले आफ्नो स्मार्टफोन पहिलोपटक बजारमा ल्याएको १० वर्ष पूरा भएको अवसरमा यो अफर ल्याएको हो।

यस योजनाअन्तर्गत ग्यालेक्सी नोट टेन/नोट टेन प्लस र एस टेन/एस टेन प्लस खरिद गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स ५१ प्रतिशत छुटसहित खरिद गर्न सक्नेछन्।

छुटपछि ग्यालेक्सी बड्स ६९ हजार ९ सय ९० मा खरिद गर्न सकिन्छ। यो योजना ३ नोभेम्बरदेखि १५ डिसेम्बर २०१९ सम्मको लागि लागू गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here