एक सय भन्दा ठूला दरका भारु नेपालमा चल्ने

काठमाडौं । अब एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय नोट (भारु) नेपालमा पनि चल्ने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय भन्दा ठूला दरका भारु नेपालमा पनि चलनचल्तिमा ल्याउने निर्णय गरेको हो ।

भारत सरकारले कहि समय अघि नेपाल र भुटानमा सय भन्दा ठूला दरका भारतीय नोट प्रतिव्यक्ति २५ हजारसम्म ल्याउन र लैजान अनुमति दिएको थियो ।

नेपाल सरकारले पनि ती दरका नोट नेपालमा चल्न दिने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here