अष्ट्रेलियामा अब १६ वर्ष मुनीकाले सामाजिक सञ्जाल चलाउन नपाउने

काठमाडौं । अष्ट्रेलियामा लामो तयारी र अन्तर्राष्ट्रिय चासोपछि किशोर सामाजिक सञ्जाल प्रतिबन्ध लागू भएको छ। नयाँ नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, युट्युब, एक्सलगायत केही प्रमुख प्लेटफर्ममा खाता खोल्न नपाउने व्यवस्था गरिएको छ।

तर यो पूर्ण प्रतिबन्ध भने होइन। कानुनले कम्पनीहरूलाई उचित कदमू चाल्न मात्र बाध्य बनाएको छ, जसले सबै नाबालक प्रयोगकर्तालाई रोक्ने ग्यारेन्टी गर्दैन। खाता खोल्न नपाए पनि, धेरै प्लेटफर्महरूमा लग(आउट अवस्थामा भने सामग्री हेर्न सकिनेछ। अष्ट्रेलियामा लागू भएको नयाँ कानुन अहिलेका लागि केवल १० सामाजिक सञ्जालमा मात्र लागू हुन्छ। नयाँ नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले यी प्लेटफर्ममा खाता खोल्न नपाउने व्यवस्था गरिएको छ।

प्रतिबन्धित सामाजिक सञ्जालहरू

-फेसबुक

-इन्स्टाग्राम

-टिकटक

-स्न्यापच्याट

-एक्स

-युट्युब

-रेडिट

-ट्विच

-किक

-थ्रेड्स