काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देन रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
मंगलबार दिउँसो नख्खु कारागार पुगेर उनले लामिछानेसँग भेटवार्ता गरेका हुन् । भेटमा उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको छ ।
लामिछानेलाई यसअघि पनि लिङ्देनले कारागार पुगेर भेट गरेका थिए ।


























