एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

२ पुस, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली अर्का प्रत्याशी ईश्वर पोखरेलले मत हालेर सुरु गरेका हुन् । ओलीले ७७ नम्बरको मेसिनबाट र पोखरेलले ७६ नम्बरको मेसिनबाट मत हालेका हुन्।

मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो । अहिले रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाटविद्युतीय मेसिनबाट मतदान भइरहेको छ । मतदानको लागि ८० वटा मेसिन राखिएको छ । मतदानमा २२६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here