झुटा विवरण पेश गरेर नागरिकता लिने तीन जना पक्राउ

काठमाडौं । झुटा विवरण पेश गरेर नागरिकता, राहदानीलगायतका सरकारी कागजात लिएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकलब गाउँपालिका–३ का ५१ वर्षीय कृष्णबहादुर कटुवाल, झापाकै भद्रपुर नगरपालिका–९ का ४१ वर्षीय सूर्यबहादुर खड्का छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध लिखत कीर्तेको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here