काठमाडौं । उच्च अदालत बुटबलले बिहीबार रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ । अदालतले लामिछानेलाई विभिन्न शर्त दिएको छ, जुन पुरा गरेपछी मात्र उनी थुनामुक्त हुन पाउनेछन् ।
यस्ता छन् थुनामुक्त हुनका लागी पुरा गर्नुपर्ने शर्त
व्यक्तिगत वा संस्थागत रुपमा विदेश यात्रा जानुपरेमा अदालतलाई पूर्व जानकारी दिनुपर्नेछ । उच्च अदालतले विदेश जानुपूर्व अनुमती लिएमात्रै पुग्ने आदेश गरेको हो ।
थुनामुक्त हुन पछि फैसला बमोजिम थप बिगो र जरिवाना तिर्नुपरेमा तयार भएको कागज गर्नुपर्नेछ । उच्च अदालतले आदेशमा भनेको छ, ‘अदालतबाट फैसला हुँदा ठहरे बमोजिम हुने नै हुँदा बिगोका हकमा थप दायित्व सृजना गरेमा तिर्न बुझाउन मञ्जुर भए सो को कागज गराउनू ।’
उच्च अदालतले जिल्ला अदालतले तोकेको धरौटी र सम्भावित विगोको दामासाही बापतको रकम बैंक ग्यारेन्टी मार्फत आउनुपर्ने भनेको छ ।

























