काठमाडौंमै रोकिए रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार बिहानदेखि अहिलेसम्म पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै रोकिएका छन् । शितलहरका कारण भैरहवाको मौसम खराब हुँदा लामिछाने काठमाडौँमै रोकिएका हुन् ।

बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने आज अदालत उपस्थित हुन जहाजमार्फत भैरहवा जान लागेका छन् ।

बिहान ७:५५ बजेको उडान भनिए पनि अहिलेसम्म उडान भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here