५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शनिबार चितवनमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुने भएका छन् ।
उनी चितवनको भरतपुर महानगरापालिकामा पर्ने चौबिसकोटीमा आयोजना हुने पार्टीको कार्यक्रममा सहभागी हुने भएका हुन् ।
लामिछानेले बिहान ११ बजे आयोजना हुने कार्यक्रमलाई विशेषका साथै छोटो सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिउँसो काठमाडौं फर्किएर जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रम छ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछाने शुक्रबार बिगो रकम बुझाएर शर्तसहित रिहा भएका थिए ।



























