दाउन्ने सडक दुई महिनाभित्र सहज रुपमा यातायात सञ्चालनकाे वातावरण बनाउन निर्देशन

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दाउन्ने सडक निरीक्षण गरेका छन्।

उनले शनिबार राति दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गरेर निर्माण कार्यलाई तिव्रता दिन निर्देशन दिएका हुन्। मन्त्री घिसिङ सडक बिस्तारको क्रममा भएको ढिलासुस्तीबारे जानकारी लिन त्यहाँ पुगेका हुन्। सडक विस्तारका लागि मेसिन र मजदुर तत्काल थपेर दुई महिनाभित्र सहज रुपमा यातायात सञ्चालन हुन मिल्ने सडक तयार बनाउन निर्देशन दिएका छन्।