काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । सुनकाे भाउ आज तीन हजार चार सयले बढेर प्रतितोला दुई लाख ६१ हजार सात सय रुपैयाँ पुगेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ ।
आइतबारको तुलनामा आज प्रतितोला १३० रुपियाँले बढेर चाँदी प्रतितोला मूल्य चार हजार २३५ रुपियाँ कायम भएको छ । अघिल्लो दिन चाँदी चार हजार १०५ रुपियाँमा कारोबार भएको थियो ।




















