लुभु हत्याकाण्डमा अर्को शव पनि फेला

काठमाडौं । लुभु हत्याकाण्डमा अर्को शव पनि फेला परेको छ।

ललितपुर र भक्तपुरको सीमाना लाकुरेभञ्ज्याङको जंगलमा एउटा शव फेला परेको हाे।

साे शव भोजपुर गाउँपालिकाका २१ वर्षीय पारूहाङ राईको शव रहेको उनले बताए।

उनको हत्या मंसिर २४ गते नै भएको प्रहरीको अनुमान छ।

लुभुमै इनारभित्र युवकको शव फेला परेकोमा घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो। उनको बयानपछि अर्को पनि हत्या भएको खुलेको हो। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हिजो जयराम अधिकारीलाई पक्राउ गरेको थियो।

जयराम अधिकारी र देवराज ढुंगेलले हत्या गरेको देखिएको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here