घट्याे सेयर बजार, काराेवारमा पनि कमि

७ पुस, काठमाडौं । सोमबार नेप्से १३.८८ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २५८१ अंकमा झरेरछ बन्द भएको हाे ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५१ करोडको भएकाे छ।

काराेबारमा आएका ५४ कम्पनीको मूल्य बढ्दा २ सयको घट्यो भने ५ को स्थिर रह्यो । साेमबार व्यापारबाहेक सबै समूहका सूचक घटेका छन् । व्यापार ०.५७ प्रतिशत घट्यो ।

त्यस्तै जिवन बीमा १.०१, होटल तथा पर्यटन १.२६ प्रतिशत, बैंकिङ ०.३५, विकास बैंक ०.३७, फाइनान्स ०.१५, हाइड्रोपावर ०.६६, लगानी ०.९७, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.४५, निर्जीवन बीमा ०.४५ तथा अन्य ०.६९ प्रतिशत घटे ।

एउटा कम्पनी एसवाई प्यानलको मूल्य १० प्रतिशत बढ्यो । सीवाईसी लघुवित्तको ५.९०, पियोर इनर्जीको ५.८७ तथा हिमालयन पावर पार्टनरको ३.५२ प्रतिशत मूल्य बढ्यो ।

मानुषी लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.८४ प्रतिशत घट्यो । त्यस्तै लक्ष्मी लघुवित्तको ५.५८, स्वस्तिक लघुवित्तको ५.५१ तथा तेह्रथुम पावरको ५.२० प्रतिशत मूल्य घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here