शितलहरका कारण गौरका विद्यालय ४ दिन बन्द

काठमाडौं । शीतलहरले गौरका विद्यालय चार दिन बिदा दिइएको छ ।
गौर नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले बर्से बिदाबाट कट्टा हुने गरी आजदेखि ११ गतेसम्म पठनपाठनको कार्य बन्द गर्न गराउन सूचना जारी गरेको छ ।

चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून भएको र पठन पाठनमा पनि समस्या आएपछि पालिकाका सबै विद्यालयहरु बन्द गरिएको हाे।

नगरपलिकाले सूचना जारी गरेपछि गौर नगर प्याब्सनले पनि सबै निजी विद्यालयहरुलाई चार दिनसम्म बन्द गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here