उज्यालाे नेपालकाे केन्द्रीय कार्यालयको उर्जा मन्त्री घिसिङले उद्घाटन गर्ने

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न दल उज्यालो नेपालले भोलि (बिहीबार)देखि केन्द्रीय कार्यालयको उद्घाटन गर्ने भएको छ ।

मन्त्री घिसिङको प्रमुख आतिथ्यतामा त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको हो ।

पार्टीले कार्यालयको नाम ‘उज्यालो घर’ राखिएको छ ।

यसैबीच यो दलले आज जनमत पार्टीले उपाध्यक्ष पदबाट कारबाही गरेपछि दीपककुमार साहले गठन गरेको जनस्वराज पार्टीसँग चुनावी एकता गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here