दिनदिनै नयाँ रेकर्ड राख्दै सुनचाँदी

प्रतिकात्मक तस्विर

काठमाडौं । बुधबार सुनको भाउ फेरि तोलामा ९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६७ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला १६५ रुपैयाँ बढेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here