सुनचाँदीको भाउ घट्यो, कति छ आज ?

काठमाडौं १९ कात्तिक । नेपाली बजारमा मंगलवार सुन चाँदीको भाउमा गिरावट आएको छ ।

अघिल्लो दिनको तुलनामा मंगलवार छापावाल सुन प्रतितोला २ सय घटेको छ । आज छापावाल सुन ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलवार तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार, मंगलवार चाँदी ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here