कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

काठमाण्डौ। धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ठूलो ढुंगासहितको पहिरो खसेपछि राजमार्ग अवरुद्घ भएको हाे।

त्रिशूली नदीको बाढीका कारण सडक भासिएपछि डाइभर्सन निर्माण गरिएको छेउमा पहिरोसहितको ढुंगा खसेको हो ।