बाबुराम भट्टराई पुगे बालेनलाई भेट्न

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई भेट्न पुगेका छन् ।

ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा भट्टराई बालेनलाई भेट्न पुगेका हुन् । बालेनले आज बिहानैदेखि राजनीतिक भेटघाट गरिरहेका छन् ।

यसअघि उनले रास्वपा सभापति रवि लामिछाने, निवर्तमान सांसद, जेनजी अगुवा लगायतसँग छलफल गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here