११ पुस, काठमाडौं । निर्वाचनको वातावरण बनाउन जुटेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले आज ठूला राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएका छन् ।
मन्त्रालयका अनुसार आज साढे ९ बजे नेपाली काग्रेस पार्टी सभापति शेरबहादुर देउवासँग निजी निवासमा भेटवार्ता हुँदैछ । ११ बजे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निजी निवासमा भेटवार्ता तय भएको छ । १२ बजे नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डसँग उनको निजी निवासमा तय भएको मन्त्रालयले जनाएको छ ।


























