काठमाडौं । शुक्रबार सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेकाे छ। आज सुनको भाउ तोलाको २ लाख ६९ हजार३ सय पुगेकाे छ। जुन हालसम्मको उच्च मुल्य हो। बिहीबार भने सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो।
त्यस्तै आज चाँदिकाे भाउ पनि बढेकाे छ। बिहीबार तोलामा चार हजार चार सय रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार पाँच सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।






















