प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ।

भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे)मा पर्ने क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीको नाममा रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

नयाँ व्यवस्था अनुसार प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाइने भएकाे हाे। तर सुरक्षाका मापदण्ड भने परिवर्तन गरिएको छैनन्।

प्रसारण लाइनको मा मार्गाधिकारमा पर्ने जग्गाको क्षेत्रभित्र घरलगायतका संरचना निर्माण, अग्ला रुख रोप्न वा जोखिमयुक्त गतिविधि गर्न भने नपाइने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको निजी सचिवालयले जनाएको छ । हाल मार्गाधिकारमा पर्ने जग्गाको मूल्याङ्कन गरिएको रकमको १०–२५ प्रतिशतसम्म क्षतिपूर्ति सम्बन्धित जग्गाधनीलाई दिँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here