प्रचण्ड भेट्न हात्तीबन पुगे सञ्चारमन्त्री

काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नेपाली कम्युनिस्ट पार्टिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न उनको निवास हात्तीबन पुगेका छन् ।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटिसकेर खरेल प्रचण्ड भेट्न पुगेका हुन् ।

भेटमा खरेलले फागुन २१ को निर्वाचन केन्द्रित छलफल भएको जानकारी दिए । खरेलले भोलि शनिबार बालुवाटारमा तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले गर्ने भनिएको छलफलको निम्तो पनि दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here