काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् । यस सम्झौतालाई उनले ‘केबल सत्ताका लागि’ र ‘विदेशी हस्तक्षेप’लाई संस्थागत गर्नका लागि भएको टिप्पणी गरेका छन् ।
आज बिहान सामाजिक सन्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै साम्पाङले कुर्सिको लागि र यो देशलाई लिलाम गर्नका लागि एकता भएको आरोप लगाएका हुन्।
उनले भने ‘जेनजी आन्दोलनको बेला र देश जल्दा टुलुटुलु हेरेर बसेको भनेर आलोचना गरेका छन् । जेनजीलाई उक्साएर लड्न भिड्न पठाउँछ । ७०–८० जना हताहत हुन्छ । देश खरानी भएको टुलुटुलु हेरेर बस्छ । बाहिर आउँदैन । सरकार चलाइदिनुपर्यो भनेर अनुरोध गर्दा पनि आउँदैन,’।


























