काठमाडौं । बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा आज सवारी साधनको लामो जाम लागेको छ । हुस्सु कुहिरोले सडक भिजेर चिप्लो भएको र बीच–बीचमा सवारी साधनहरु पनि बिग्रिएकाले जाम लागेको हो ।
दाउन्ने खण्डको दुम्कीबास र बर्दघाट दुवैतिर गाडीहरुको लामो लाइन छ ।
बीचमा ट्रकहरु बिग्रिएर जाम लामाे हुने समस्या छदैछ साना गाडीहरुले लेन मिचेर चलाउदा झन् बढि जाम लागेको छ ।





















